कुम्पुरमा डँडेलो निभाइयो
Posted in Uncategorized
दुव्र्यसन विरुद्ध अभिमुखीकरण
दुव्र्यसनी विरुद्ध अभिमुखिकरण तथा जनचेतना मुलक एवम् पुनस्र्थापना कार्यक्रम अन्तर्गत २ दिने गोष्ठि आजदेखि डोलभञ्ज्याङ माध्यमिक विद्यालय पिंडामा सुरुभएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र दिगोसमूह नेपालको आयोजनामा सुरुभएको गोष्ठीमा दिगो समूह नेपालका केन्द्रीय अध्यक्ष खिलनाथ लुइटेलको अध्यक्षता रहेको छ । गोष्ठीको उद्घाटन कार्यक्रममा व्यवसायीक तथा सीप विकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा माओवादी ताम्सालीङ राज्यसमिति सदस्य ध्रुव सुवेदी, बैरेनी गाउँ विकास समितिका इञ्चार्ज उत्तम अधिकारी, दिगोसमूह नेपालका सल्लाहकार दिपक लुइँटेल लगायतको आतिथ्य रहेको थियो । गोष्ठीमा कुलत तथा दुव्र्यसनी विशेषज्ञ प्रकाश श्रेष्ठ र अर्जुन मेडिकल हल किराञ्चोकका प्रमुख अर्जुनप्रसाद न्यौपानेले सहजीकरण गर्नु भएको छ । सो अवसरमा लागुपदार्थ दुव्र्यसनी, यसका असरहरु, बच्ने उपाय र कुलतमा फसेका युवाहरुलाई कुलतबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । गोष्ठीको दोस्रो दिन भोली पिंडा माध्यमिक विद्यालय भिमशेनस्थानमा कार्यक्रम हुने किराञ्चोकबाट सहकर्मी किशोर अधिकारीले जानकारी दिनुभएको छ ।
Posted in Uncategorized
विष्णु भट्टको स्मृती दिवसमा कार्यक्रम
जनयुद्धको समयमा साहदत हुनु भएका विष्णु भट्टको स्मृती दिवसमा अखिल क्रान्तिकारीले आज त्रिपुरा सुन्दरी उच्च माध्यमिक विद्यालय खरीमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा आज विद्यालयमा शोकसभा समेत सम्पन्न भएको छ । कार्यक्रममा शहिद भट्टको स्मृतीमा शोक प्रस्ताव पारीत गरिएको छ । लोकबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी लक्ष्मण तामाङको प्रमुख आतिथ्य रहेको थियो । सोहि अवसरमा विद्यलयमा साँस्कृतीक कार्यक्रम सहित विविध खेलकुद कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा म्युजिकल चेयर र भलिवल प्रतियोगिता सहित साँस्कृतीक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको खरीबाट इलेक्सन सुनुवारले जानकारी दिनुभएको छ ।
Posted in Uncategorized
प्रेस युनियनको हस्ताक्षर अभियान
शान्ति र संविधानको माग गर्दै नेपाल पे्रस युनियनले आजबाट मुलुकभर हस्ताक्षर अभियान सुरु गरेको छ । आज मनाङ्ग, मुस्ताङ्ग र हुम्ला वाहेक देशका ७२ जिल्ला सदरमुकाममा अभियान सुरु भएको युनियनले जनाएको छ । प्रेस युनियनकको राष्ट्रिय कार्यक्रम अन्तर्गत आजदेखि धादिङबेसीमा पनि हस्ताक्षर संकलन अभियान सुरु भएको छ । धादिङबेसी बीचवजार स्थित लोकतान्त्रिक चोकमा अजबाट सुरु भएको हस्ताक्षर अभियान आगामी ९ गतेसम्म जारी रहने प्रेस युनियन धादिङका अध्यक्ष मुरारी अधिकारीले बताउनु भयो । संकलित हस्ताक्षर आगामी १० गते संबिधान सभाका अध्यक्ष सुबास चन्द्र नेबाङ्गलाई बुभाउने उहाँले जानकारी दिनुभयो ।
Posted in Uncategorized
मालबाहक ट्रकको ठक्करबाट दुई घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थान गाउँ विकास समिति स्थित १० किलो भन्ने स्थानमा मालबाहक ट्रकको ठक्करबाट आज दिउँसो दुईजना गम्भीर घाइते भएका छन् । महादेववेसीबाट काठमाण्डौ तर्फ गइरहेको बा ४४ प ७९८४ नं. को मोटरसाईकललाई सोहि दिशाबाट गइरहेको ना ३ ख ६८४५ नं. को मालबाहक ट्रकले ठक्कर दिँदा सत्यदेवी ३ धादिङका २२ वर्षीय कान्छा घले र ३२ वर्षीय विशाल तामाङ घाइते भएका हुन् । घाइतेहरुको राजधानी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ ।
Posted in Uncategorized
माटोको ढिस्कोले पुरिएर धादिङको गुम्दीमा २ को मृत्यू, नुहाउने क्रममा एक बालक त्रिशुली नदीमा बेपत्ता ।।
रामचन्द्र भण्डारी, धादिङ
बैशाख १८, धादिङ । घर पोत्नको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज धदिङको गुम्दीमा २ जनाको मृत्यू भएको छ । गुम्दि गाउँ विकास समिति वडा नं. १ चिम्चोकमा आज बिहान माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरीएर १२ वषिर्या ममिता तामाङ र १८ वषिर्या माइली माया तामाङको मृत्यू भएको स्थानीय प्रेमकुमार तामाङले जानकारी दिनुभयो । माटो खन्नको लागि उनीहरु सोहि गाविसको वडा नं. २ होलगुम्बा, लाकुरी चौतारा भन्ने ठाउँमा पुगेका थिए । त्यस गाउँका प्रायशः पुरुषहरु बैदेशिक रोजगारमा गएका कारण शव उठाएर दाह संस्कार गर्न समेत मुश्किल परेेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली त्यसतर्फलागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसैबीच धादिङको कल्लेरी गाउँ विकास समिति वडा नं. ६ स्थित बेलिनिटारबाट एक बालक नुहाउने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका छन् । खाना खाएर नुहाउनको लागि त्रिशुलीमा गएका कल्लेरी ६ का ९ वषर्ीय बालक दामोदर चितौरे मगर मध्यान्ह १२ वजेबाट बेपत्ता भएका स्थानीय निरज पुलामीले जानकारी दिनुभयो । मध्यान्ह देखि नै बालकको खोजी कार्य जारी रहेको भएपनि कुनै पत्तो लाग्न नसकेको स्थानीय बासीन्दाले बताएका छन् । घटना स्थलमा प्रहरी भने पुगेको छैन् ।
Posted in Uncategorized
मिस्टर एण्ड मिस धादिङको उपाधी धमला र घलेलाई ।।
रामचन्द्र भण्डारी, धादिङ
र्पर्यटन वर्ष२०११ लाई लक्षित गरेर आयोजना गरिएको प्रथम मिस्टर एण्ड मिस धादिङको उपाधी रवि धमला र लक्ष्मी घलेले जितेका छन् । हिजो बेलुका अवेर सम्पन्न प्रतियोगितामा फाइनल चरणका अन्य ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै धमला र घलेले उपाधी हात पारेका हुन् । पर्यटन वर्ष२०११ लाई सफल बनाउने उद्देश्यले मिसन क्लव धादिङले आयोजना गरेको प्रतिश्पर्धामा कुल ७० जनाले सहभागिता जनाएका थिए । प्रतिश्पर्धामा मदन विश्वकर्मा र शान्ति गुरुङले फर्स्ट रनरअप साथै दिपेश कार्की र हिमानी अधिकारीले सेकेण्ड रनरअफको उपाधी हात पारेका छन् । मिस्टर एण्ड मिस धादिङ प्रतियोगिताका कार्यक्रम संयोजक हरि मल्लको अध्यक्षता रहेको हिजोको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली फिल्मका निर्देशक लक्ष्मण रिजाल, नारी जागरण केन्द्र धादिङका भगवती उप्रेती, मोडल सलमान वाइबा, मिस तामाङ फर्स्ट रनरअप मनिला तामाङ, रोशन फ्युवा सङ्गुल लगायतको आतिथ्य रहेको थियो ।
Posted in Uncategorized
आय आर्जन गर्न समूहलाई आर्थिक सहयोग
पिडा गाविसमा गठित २ वटा समूहलाई सोमबार आर्थिक प्रदान गरिएको छ । श्रमका कारण बिद्यालयमा नियमित अध्ययन गर्न समस्यामा परेका बालबालिकाहरुको परिवारमा आम्दानी बृद्धि मार्फ बिद्यालय अध्ययनलाई निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले श्रमिक बालबालिकाहरुको समूह आबद्ध आमाहरुहरुलाई प्रति परिवार ४ हजार ५ सयका दरले बालकुमारी सामजिक परिवार र लालीगुँरास समूहका ३३ जना आमहरुको लागि १ लाख ४८ हजार ५ सय रुपैया आज सरस्वती प्राथमिक बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच सहयोग प्रदान गरिएको छ । विश्व शिक्षा नेपाल र प्रयास नेपाल धादिङले नयाँ बाटो नयाँ पाईला कार्यक्रम अन्तगत उक्त आर्थिक सहयोग गरेको रकमबाट समूहमा आबद्ध महिलाहरुले तरकारी खेती तथा बाख्रापालन लगायतका क्रियाकलाप संचालन गर्ने प्रयास नेपाल धादिङका सामाजिक परिचालक चाँदनी थापाले जानकारी दिनु भयो । कार्यक्रममा बिद्यालयमा बालबालिकाहरुको नियमितता र अभिभावक-आमा)हरुको भूमिको बारेमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,सदस्य उमा बोहोरा,बिद्यालयका प्रधानाध्यपक शिव प्रसाद न्यौपाने,समग्र विकास केन्द्रका सीता अधिकारी लगायतले सहजिकरण गर्नु भएको कार्यक्रमा ३३ जना आमा अभिभावकहरुको उपस्थिति रहेको प्रयास नेपाल धादिङका सहजकर्ता निर्मला श्रेष्ठलेे जानकारी दिनु भयो ।
Posted in Uncategorized
उद्घोषण तालिम सकियो
मिडिया इन्टरनेश्नलको आयोजना र रेडियो बिहानीकोसहकार्यमा विगत ७ दिनदेखि जारी उद्घोण तालिम आज -शनिबार) सम्पन्न भएको छ । आजभएको तालिम समापन कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष माधव निर्दाेशको अध्यक्षता र माओवादीधादिङका सहर्-इञ्चार्ज रामबहादुर भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममामाओवादी धादिङका सह-सचिव विजय बर्ुलाकोटी, नेपाल पत्रकार माहासंघ धादिङका अध्यक्षसीताराम प्रसाद बर्मा लगायतको आतिथ्य रहेको थियो । तालिमको अन्तिम दिन तीनसमूहबाट उत्कृष्ट भएका तीन जनालाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमानिराजन श्रेष्ठ, कृष्णा खड्का र प्रकाश श्रेष्ठ रहेका छन् ।
Posted in Uncategorized
केबलपुरमा रक्तदान सम्बन्धी अभिमुखीकरण गोष्ठि
रक्तदान नै जिवनदान हो भन्ने मुल नारालाई सफल बनाउन केबलपुर गाउँ विकास समितिको आयोजनामा १ दिने रक्तदान सम्बन्धी अभिमुखीकरण गोष्ठि आज -१० गते) सम्पन्न भएको छ । नेपाल रेडक्रस सोर्साईटी केवलपुर सहयोग समितिका संयोजक प्रकाश अर्यालको सभापतित्व रहेको कार्यक्रममा नेपाल रेडक्रस सोर्साईटी धादिङका उप सभापति नारायण प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा फिल्ड अधिकृत कुश्माखर शर्मा,गा.वि.स सचिव पुष्प ठाकुर लगायतको आतिथ्य रहेको थियो । नेपाल रेडक्रस सोर्साईटी ललितपुर जिल्लाशाखा अर्न्तर्गत शैवु युवा रेडक्रसका स्वयम सेवक पवित्रा बस्नेत र सरोज गौतमले कार्यक्रम बारे प्रष्ट पार्नु भएको थियो । रक्तदान कार्यक्रम आगामी २२ गते हुने आयोजकले बताएको छ ।
Posted in Uncategorized
पुत्ला दहन
मनिष दुवाडी
वन संरक्षणमा लाग्नुको साटो आफैं वन फडांनीमा सक्रिय भएको भन्दै धादिङका वन उपभोक्ताहरुले सामुदायिक वन उपभोक्ता महासंघको विधान २०५२ र वन प्रशासन, वन मन्त्रालयको प्रतिक बनाएर पुत्ला दहन गरेकाछन् ।
विश्व पृथ्वी दिवसका अवसर पारेर धादिङका स्थानीय सामुदायिक वनका उपभोक्ताहरुले सदरमुकाम धादिङवेसी स्थित विचबजार चोकमा पुत्ला दहन गरेका हुन् । पुत्लाका साथै उपभोक्ताहरुले भ्रष्ट वन प्रशासन, भ्रष्ट बन मन्त्रालय, भ्रष्ट सामुदायिक वन महासंघ, भ्रष्ट सामुदायिक वन र्सर्भे इन्भेनट्री प्रक्रिया लेखिएको प्लेकार्ड पनि जलाएका छन् । पुत्ला दहन गर्नु अघि भेला भएका उपभोक्ताहरु प्रत्येकले हातमा हरियो रिवन बाधेेर सांकेतिक रुपमा विरोध जनाएका थिए । साथै उनीहरुले वन संरक्षणको निम्ति अजै लागिपर्ने प्रण समेत व्यक्त गरेका छन् ।
Posted in Uncategorized
खाना खाँदा ढुङ्गा ओकल्ने धादिङकी एक महिलामा फेरी अनौठो परिवर्तन
रामचन्द्र भण्डारी
खाना खाँदा मुखबाट ढुङ्गा ओकल्ने समस्याका कारण चर्चामा आएकी धादिङको खरी ८ भदुवारकी विना रानामगरमा फेरि अनौठो परिवर्तन देखा परेको छ । आज अचानक उनको निदारमा गाउँकै अर्की एक महिलाको नाम देखा परेको छ । अपह्रान्ह ४ बजेदेखि उनको निदारमा रगतको निलडामले लेखिएको ‘शाान्ति आले खरी ६ दिपटोल’ नाम स्पष्ट रुपमा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । यसअघि पनि अनौठा परिवर्तन देखिएर चर्चामा आएकी रानामा आज फेरी नयाँ परिवर्तन देखिएपछि स्थानीय बसीन्दा अच्चम्मित भएका छन् । अहिले घटनास्थलमा प्रहरी समेत पुगि सकेको स्थानीय राजेश अधिकारीले बताउनु भयो । बारम्बार उनको जीवनमा अनौठो परिवर्तन देखिन थालेपछि परिवार भने चिन्तित बनेका छन् । खरी गाउँ विकास समितिको जुनसुकै घरमा पाकेको खाना खाँदा रातो दर्शन ढुङ्गा ओकल्ने रानाको उपचारको लागि २ लाख भन्दा बढि खर्च भइ सकेको उनका श्रीमान धनबहादुर रानाले बताउनु भयो ।
Posted in Uncategorized
परल मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए नियमित आपूति सम्भव छैनः निगम
काठमाडौ, ४ बैशाख । नेपाल आयल निगमले परल- वितरण हुने स्थानसम्म ल्याई पुर्याउँदा पर्ने मुल्य) मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए नियमित आपूति गर्न नसक्ने चेतावनी दिएको छ ।
रिपोर्र्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै निगमका कार्यकारी अध्यक्ष दिगम्बर झाले परल मुल्यभन्दा कम मुल्यमा विक्री गर्नु पर्दा दिन प्रतिदिन घाटा चुलिदै गएको कारण माग अनुसारको आपर्ूर्ति गर्न नसकिएको बताउनुभयो ।
यद्यपि उहाँले अहिले बजारमा देखिएको अभाव कृत्तिम प्रकृतिको भएको भन्दै निगमले अहिले माग अनुसारकै आपर्ूर्ति गरिरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो- काठमाडौमा माग अनुसारकै आपर्ूर्ति भईरहेको छ । तर भारतबाट आपर्ूर्तिमा कटौति गरेको समाचारले पेट्रोल पम्पहरुले लुकाएको र उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी सन्चय गरेकोले बजारमा अभाव भएको हुनु पर्छ ।
निगमले राजधानीमा प्रतिदिन २ सय ४० किलो लिटर डिजल र पेट्रोल आवश्यक भएकोमा चैत २८ गते ४ सय ३६ किलो लिटर, चैत ३० गते ३ सय ४३ र बैशाख २ गते ३ सय ३७ किलो लिटर उपलब्ध गराएको दावी गरेको छ ।
साक्षात्कारमा कार्यकारी निर्देशक झाले अहिलेको मुल्यमा निगमलाई मासिक २ अर्ब रुपैया घाटा हुने अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा निगमले लामो समयसम्म पेट्रोलियम पदार्थको आपर्ूर्तिलाई सहज पार्न नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले परल मुल्य अनुसारको विक्री मुल्य कायम गर्नुको विकल्प नभएको र अहिलेको अवस्थामा निगम चल्नै नसक्ने ठोकुवा गर्नुभयो ।
झाले पेट्रोलियम पदार्थको आपूति सहज बनाउन कम्तिमा पनि निगमलाई पेट्रोलमा १० प्रतिशत, हवाईर् इन्धनमा २० प्रतिसत मुल्य बृद्धि गर्नु पर्ने र डिजलमा निगमलाई भईरहेको २४ रुपैया प्रतिलिटरको घाटालाई तीन भागमा विभाजन गरी एक भाग सरकारले कर छुट गर्ने , एक भाग उपभोक्ताले बेहोर्नु पर्ने र एक भाग निगमले पेट्रोल, हवाईर् इन्धनको मुनाफाबाट बेहोर्ने गरी मुल्य समायोजन गर्नु पर्ने प्रस्ताव गर्नुभयो ।
झाको प्रस्ताव अनुसार पेट्रोलको मुल्य समायोजन गरिए प्रतिलिटर पेट्रोलको मुल्य १ सय २५ रुपैया पर्न जान्छ ।
झाले हवाईर् इन्धनमा कलकत्ताभन्दा नेपालमा १९ रुपैया प्रतिलिटर सस्तो भएकोले कलकत्ता अनुसारकै मुल्य बनाउनु पर्ने बताउनुभयो
निगमलाई अहिले पेट्रोलमा ६ रुपैया ३० पैसा, डिजेलमा २३ रुपैया २६ पैसा, मट्टतिेलमा ११ रुपैया २५ पैसा र खाना पकाउँने एलपी ग्यासँमा प्रतिसिलिण्डर २ सय ८८ रुपैया घाटा रहेको साक्षात्कारमा जानकारी दिईएको थियो । हवाईर् इन्धनमा भने निगमलाई अहिले प्रतिलिटर १० रुपैया मुनाफा रहेको छ ।
पछिल्लो समयमा अन्तर्रर्ााट्रय बजारमा कच्चा पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिसत भन्दा बढी बढेको अवस्थामा निगमले एलपी ग्यासँमा ६, पेट्रोलमा १४ र मट्टतिेलमा साढे चार प्रतिसतले मात्र मुल्य बृद्धि गरेकोले पनि अन्तर्रर्ााट्रय मुल्य अनुसार समायोजन हुन नसक्दा निगम दिनप्रतिदिन टाट पल्टिने अवस्थामा पुग्न थालेको झाले दावी गर्नुभयो ।
सरकारले आज निगमलाई डेढ अर्व रुपैया अनुदान दिएकोले अघिल्लो महिनाको घाटा पर्ूर्ति भएको कारण भोलीदेखि एकसाता सम्म भारतबाट फेरि नियमित आपर्ूर्ति हुने जानकारी दिनुभयो । यद्यपि उहाँले एकसाता पछि फेरि अहिलेकै अवस्था दोहोरिने चेतावनी दिनुभयो ।
भारतीय आयाल निगमले उधारो दिन छाडेकोले निगमले जति रकम भूक्तानी गर्यो त्यसैको आधारमा पेट्रोलियम पदार्थ दिने गरेको जानकारी दिदै झाले नेपालमा घाटा हुँदा प्रत्येक पटकको भूक्तानी घट्दो क्रमसँगै आपर्ुर्तिमा कमि भएको बताउनुभयो । उहाँले भन्नुभयोर्-र् इण्डीय आयलले उधारो दिदैन । यहाँ दिनप्रतिदिन घाटा छ । यस्तो स्थितिमा थाम्न सकने अवस्था छैन ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि अनिवार्य आवश्यकता भईसकेको भन्दै उहाँले भन्नुभयो- मसँग अधिकार भएको भए आफै मुल्य बढाउने थिए तर के गर्नु म सँग अधिकार छैन ।
पछिल्लो समयमा निगमले चुहावट, मिसावटलाई पर्ूण्ा रुपमा अन्त्य गरेको दावी गर्दै बाहिर भनिएजस्तो ओभर र्टाईम भत्ता कटौति र भ्रमण खर्च कटौति गरेर निगमको ब्यवस्थापन चुहावटलाई सुधार गरेको दावी पनि गर्नुभयो ।
Posted in Uncategorized
खाद्यान्नमा भएको महँगीले पूरा विश्व खतराको नजिक
विश्व बैंकले खाद्यान्नमा चुलिँदै गएको महँगि विश्वभरका गरिबहरुका लागि एक ठूलो खतरा हुनसक्ने बताउनुभएको छ । विश्वबैंकका अध्यक्ष र्रबर्ट जायलिकले बढ्दो महँगिका कारण पूरा विश्व खतराको नजिक पुगेको चेतावनी दिनुभयो । वासिङ्टनमा विश्वका बिस भन्दा बढि अर्थब्यवस्थाका प्रमुखहरुको बैठककार्यक्रमको समापन पछि बोल्दै उहाँले पछिल्लो १ बर्षा करिब साढे चार करोड मानिस गरिबिको रेखातर्फधकेलिएको बताउनु भयो । उहाँले विकासशिल अर्थब्यवस्थामा महँगि धेरै रहेको बताउनु भयो । खाद्यपदार्थमा भएको मूल्यबृद्धि नै प्रमुख समस्या भएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो । बैठकमा बेरोजगारि, तेलमा भएको मूल्य बृद्धि तथा मध्यपर्ूवमा आएको संकट जस्ता मुद्धा विश्व आर्थिक सुधारका लागि ठूलो चुनौति बताईएको छ । बैठकमा २० भन्दा बढि अर्थब्यवस्थाका अध्यक्षहरुले मध्यपर्ूव तथा उत्तर अफि्रकि सरकारलाई ३५ बिलियन डलर ऋण सहयोगको घोषणा गरेका छन् ।
Posted in Uncategorized
पेट्रोलियम पदार्थको खपत कम गर्ने चेतना अनुरुप साइकल र्याली हुदै
काठमाडौँ, ४ बैशाख । नेपालमा भएको पेट्रोलियम पदार्थको अभावलाइ कम गर्न साइकलको प्रयोग गरीनुपर्ने चेतना प्रदान गर्ने उदेश्यका साथ यही बैशाख दश गते काठमाडौँमा र्याली हुने भएको छ ।
काठमाडौँ नागरिक च्यालेन्ज नाम दिइएको सो र्याली विषेषतः वातावरण जोगाउनमा र पेट्रोलियम पदार्थको खपत कम गर्नमा केन्द्रित हुने बताइएको छ ।
आज यहाँ विश्व साइकल यात्री फाउन्डेसनले पत्रकार सम्मेलन गरी सबैले साइकल प्रयोग गर्ने बानी बसालेमा पेट्रोलियम पदार्थको खपतमा कमी आइ पेट्रोलको अभाव नहुने भएकोले सबैलाइ साइकल चढ्न प्रेरित गर्न सो र्यालीको आयोजना गरेको हो ।
पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष एवं विश्वसाइकल यात्री पुष्कर शाहले अन्य सवारी साधनको प्रयोगका कारण दिन प्रतिदिन वातावरणमा नकारात्मक असर पर्दे गएकोले साइकलको प्रयोगले वातावरण स्वच्छ राख्नका लागि समेत मद्धत गर्ने जानकारी दिनुभयो ।
उहाँले साइकल र्यालीले विषेष गरी आन्तरिक पर्यटन पर््रबर्द्धनमा समते सहयोग पुर्याउने आम जनतामा साइकलसँगको यात्राको अनुभुती गराउने समेत उदेश्य रहेको बताउनुभयो ।
शाहले र्यालीको मुख्य नारा “प्याडलिङ फर एजुकेशसन” रहेकोले सो र्याली बाट बचेको रकमले अनाथ बालबालिकाहरुको लागि बनाउन लागिएको विद्यालयमा सहयोग गरिने जानकारी दिनुभयो ।
साइकल र्याली ललितपुरको जावलाखेलबाट सुरु भइ चापागाउँ हुदै पुनः जावलाखेलमा आएर समापन हुने कार्यक्रम रहेको छ ।
कार्यक्रम संयोजक शारदा मल्ल ठकुरीले सो साइकल र्यालीमा भाग लिन चाहनले फाउण्डेसनको आफिसमा आएर सर्म्पर्क गर्न अनुरोध गदर्पै र्यालीमा करिव पाँच सय जनाको उपस्थित हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
सो र्यालीमा विभिन्न बिद्यालय, कलेज,विदेशी नागरिक र विशिष्ट व्यक्तिहरुकेा उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
Posted in Uncategorized














सुझाव तथा प्रतिक्रियाहरू