अन्तरवार्ता

जनमुक्तिमार्ग मंसिर २३

“एमालेको जबज निराशा र सम्झौताको दस्तावेज हो”

- उत्तम कडेल

: वर्तमान राजनीतिमा आफूलाई कहाँ पाउनुहुन्छ ?

   राजनीतिमा विशेष गरी म आफूलाई कम्युनिष्ट आन्दोलनमा त्रिशुली नदीजस्तै अविरल बगिरहने यात्रीजस्तो पाउँछु । मतलव, कुनै उतारचढावले रोक्न र छेक्न नसक्ने । आश र त्रासबाट नबहकिने अथक यात्री । विशेष गरी कम्युनिष्ट आन्दोलनको वर्तमान उपलब्धि र विजयबाट उत्साहित कार्यकर्ता । अविरल बगिरहनु मेरो मान्यता हो भने मूल्य र मान्यतालाई पछययाइरहनु मेरो आदर्श हो ।   

: कम्युनिष्ट आन्दोलनको भविष्यचाहिं कहाँ पाउनुहुन्छ ?

  विश्व साम्राज्यवादले समाजवादको भविष्यको अन्त भएको घोषणा गर्दागर्दै पनि विश्वमा र्सवहारा वर्गीय आन्दोलन आशालाग्दो ढंगले उठिरहेको छ । त्यसमाथि पनि नेपाली क्रान्ति विश्व क्रान्तिकै एक अंशको रुपमा विकास हुनु ज्यादै गर्वको विषय हो ।  श्रमिक वर्ग र हेपिएकाहरुको जीत हुनु द्वन्द र विकासको नियम नै हो । त्यसैले नेपाल र विश्वमा नै कम्युनिष्ट आन्दोलनको उज्ज्वल भविष्य भएको कुरामा कुनै सन्देह छैन । तर यसको मतलव यो आन्दोलनमा कुनै चुनौती छैन भन्ने होइन । हामीले वर्गको विचार र विधिमा विकास गर्दै र्सवहारावर्गीय  आन्दोलनको योजना निर्माण र विकास गर्दै जानर्ुपर्छ ।

:राजनीति फोहोरी हो कि राजनीतिक खेलाडीहरु ?

  वर्तमानसम्म आइपुग्दा राजनीति र राजनीतिक खेलाडी दुवै फोहोरी हुँदै गएका छन् । शुरुमा राजनीति र राजनीतिक सत्ता राष्ट्र र जनताको सेवा गर्नको लागि स्थापना भएको पवित्र र स्वच्छ संस्था थियो । तर वर्गीय समाजको स्थापना र खासगरी पँुजीवाद साम्राज्यवादी चरणमा प्रवेश गरीसकेपछि राजनीति र राजनीतिक खेलाडी फोहोरी र अपराधिक हुँदै गए । पँुजी, षड्यन्त्र र गुण्डागर्दीको आधारमा राजनीति गर्ने प्रचलन बढ्दै जाँदा राजनीति र राजनीतिक खेलाडी बद्नाम हुँदै गएका हुन् । तर दुःखको कुरा पुँजीवादी विकृति र विसंगतिको विरुद्धमा नयाँ समाजको निर्माण गर्न चाहने क्रान्तिकारी भन्नेहरुले पनि कहिलेकाँही राजनीतिलाई तिनै फोहोरी आहालमा डुबाउने प्रयत्न गरेको देख्दा भने दिक्क लाग्छ ।

:जनयुद्ध र जनआन्दोलनले सिमान्तकृत जनतालाई सुन्दर सपना देखाएको थियो, अहिले सबैतिर निराशाको लहर बढेको देखिन्छ नि ?

   सामन्ती र निरंकुश राजतन्त्रको विरुद्धमा लामो समयदेखि संर्घष्ारत नेपाली क्रान्तिकारीहरुले नेपाली जनतालाई सुन्दर सपना देखाउँदै आन्दोलन उठाएको साँचो कुरा हो । नयाँ सरकारले जनताको शान्ति र विकासका चाहना र राष्ट्रको सुरक्षालाई प्राथमिकताका साथ उठाउने छ भन्ने जनताको अपेक्षा केही धमिलो अवश्य भएको छ । तर दश बर्षो सशस्त्र जनयुद्धको नेतृत्व गर्ने नेताहरुबाट परिवर्तनको नारा र यसको कार्यान्वयनलाई बिर्सिए भन्ने ठान्नु बेतुकको बहस मात्र हुन सक्छ । १० बर्षम्म परस्पर विरोधी खेमामा रहेका शक्तिहरुसँगको सहकार्य, हिजोका अपराधी र भ्रष्टहरुलाई दण्डित गर्नको लागि चाहिने आवश्यक ऐन, नियम, कानुनको अभाव, केही सांगठनिक अराजकता र राज्य सञ्चालनमा अनुभवजन्य कमजोरीका कारणबाट जनतामा केही भ्रम अवश्य परेको छ । त्यसमा विरोधीहरुले बढाइचर्ढाई भ्रम छरेकोले अझ जनतामा केही अन्यौलता थपिएको हुनसक्छ । आशा गरौं, जसको अन्त्य छिट्टै हुनेछ ।

:माओवादी सत्तारोहण भएपछि जनपक्षीय परिवर्तन के के भएका छन् – ठोस रुपमा भनिदिनुन ।

  माओवादी सरकारमा पुगेपछि यसको काँधमा गणतन्त्रलाई संस्थागत गर्ने महान जिम्मेवारी आएको छ । संयोग नै मान्नर्ुपर्छ कि नेपालको गणतन्त्रलाई संस्थागत गर्ने जिम्मा नेपाली जनताले व्रि्रोही माओवादीलाई नै दिएका छन् । माओवादी बाहेक अन्य राजनीतिक शक्तिहरु वास्तविक रुपमा गणतन्त्रका बाहक थिएनन् भन्ने बुझेर पनि जनताले माओवादीलाई यो जिम्मा दिएका हुन् । अर्कोकुरा, शान्ति स्थापनाको लागि दर्ुइ सेनाको समायोजन र नयाँ राष्ट्रिय सेना निर्माण गर्ने प्रश्न अत्यन्त गम्भीरतापर्ूवक अगाडि बढिरहेको छ । १९५० लगायत भारतसँग भएका असमान सन्धीहरु र कालापानीको सिमा अतिक्रमणको बिषयमा भारतसँग गम्भीरतापर्ूवक कुराको थालनी भएको छ । गणतन्त्र नेपालको पहिलो जनमुखी बजेट र यसको कार्यान्वयनबाट जनताको जनजीवीकाको समस्या समाधानको लागि ठोस पहल शुरु भएको छ । तर यसको मतलब राष्ट्र र जनताको सबै समस्या समाधान भइहाल्यो भन्ने चाहिं होइन । हाम्रो सरकार सकारात्मक पहलकदमीका साथ अगाडि बढिरहेको छ ।

: तपाईहरु परिवर्तनको लागि लड्नुभएको भन्नुहुन्छ, तर कतै पूरानै राज्यसंरचनाको कलपर्ूजा वा यथास्थितिवादोन्मुख त भइरहनुभएको हैन ?

   नेपाली जनताले आमूल परिवर्तनको लागि संर्घष्ा गरेको कुरा साँचो हो । संविधानसभाको निर्वाचनपश्चात हाम्रो पार्टर्ीीरकारमा पुगेपछि अवसरवादी र स्वार्थीहरुले नेता र नेतृत्वलाई घेराबन्दी गरेर क्रान्तिको लक्ष्यलाई तोडमरोड गराउन खोजेको हुनसक्छ । हाम्रो नेतृत्व त्यसबाट सजक र सचेत भएकोले हाम्रो क्रान्ति र परिवर्तनको निष्ठा ओझेलमा पर्ने र प्रतिक्रान्तिको दिशातिर नेतृत्व जाला भन्ने सोच्नु मर्ुखता मात्र हुन्छ । क्रान्तिबाट आएको नेतृत्व ब्रि्रँदैन भन्ने चाहिं होइन । तर यतिबेला नेपाली क्रान्ति सम्पन्न नहुँदै हाम्रो नेतृत्वले परिवर्तनको नारा बिर्सिहाल्यो भन्नु चाहिं साँचो होइन ।

: तपाईहरु खुट्टा अनुसारको जुत्ता भन्दा जुत्ता अनुसारको खुट्टा जस्तै हुनभा’छ भनिन्छ नि व्यवहारतः ?

   क्रान्तिको मूल उद्देश्य राष्ट्र र समाजलाई रुपान्तरण गर्नु हो । नेपाली क्रान्तिले राजतन्त्रको अन्त्य गरेको छ र गणतन्त्रलाई संस्थागत गर्दै लगेको छ । तर हामीले क्रान्तिको वर्तमान उपलब्धिलाई सन्तोष मानेर यथास्थितिमा नै रमाउने कुरा कहाँ गरेका छौं र – विगतमा नेपाली कम्युनिष्ट नेतृत्वले क्रान्तिको सपना बाँडेर क्रान्तिलाई सम्झौतामा अल्मल्याएको थियो । ती धोकेबाजहरुले जुत्ता अनुसारको खुट्टा काट्ने आत्मघाती निर्ण्र्ाागरेर क्रान्तिलाई धोका दिएका थिए । तर नेपाली क्रान्तिको नेतृत्व गर्ने नेकपा माओवादीले अहिलेसम्म खुट्टा अनुसारको जुत्ता सिंउँदै अर्थात् नेपालको विशेषता अनुसार क्रान्तिलाई निरन्तरता दिइरहेको छ ।

: तपाईहरु जनयुद्धको उपलब्धिहरु रक्षा गर्न सक्षम हुनुभएन भन्न मिल्छ ?

   माओवादीले जनयुद्धको उपलब्धी रक्षा गर्न सकेन भन्न मिल्दैन । तर के हो भने हाम्रो पार्टर्ीीान्ति प्रक्रियाको माध्यमबाट क्रान्तिलाई नयाँ ढंगले रक्षा र विकास गर्न खोज्दैछ । क्रान्तिलाई परम्परावादी शास्त्रीय मान्यताबाट बुझ्नेले माओवादीले क्रान्तिलाई सम्झौताबाट बिर्सजनमा टुंग्यायो भन्ने लाग्न सक्छ । कतिले क्रान्तिलाई यथास्थितिको उपलब्धिमा रमाउने गल्ती पनि गर्न सक्छन् । तर क्रान्ति भनेको वर्गसंर्घष्ाको त्यो अवस्था हो । जहाँ परस्पर विरोधी वर्गहरु आफ्नो अस्तित्व रक्षाको लागि आफ्नो परम्परागत अडानलाई त्यागेर नयाँ धरातलमा उभिने प्रयत्न गर्छन् अर्थात् रुपान्तरण हुने गर्छन् । द्वन्दवादको मान्यतामा जहिले पनि मरणशील तत्वको पराजय निश्चित हुन्छ ।

: कार्यदिशासम्बन्धी बहसमा हुनुहुन्छ, के फरक छ ‘जबज’ र ‘२१औं शताब्दीको जनवाद’ मा ?

   जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको नयाँ जनवादमा म त आकाश पातालको फरक पाउँछु । रुसी समाजवादी मोडलमा गएको भुकम्प र त्यसको प्रभावबाट आएको निराशा, अन्यौल र सामन्तवाद-साम्राज्यवादविरुद्धको संर्घष्ामा आफ्नो भविष्य नदेखेपछि सम्झौताको दस्तावेजको रुपमा एमालेले बहुदलीय जनवादको नारा अगाडि सारेको थियो । वर्गसंर्घष्ाको विचारबाट पलायन भएर वर्गदुश्मनसँग सहकार्य गर्ने उद्देश्यबाट आएको जबज र भिषण वर्गसंर्घष्ाको बीचबाट पैदा भएको २१औं शताब्दीको जनवाद उस्तै कदापि हुन सक्दैन । रुसी मोडेलको समाजवाद ढलिरहेको र साम्राज्यवादीबाट समाजवाद विरुद्ध भिषण वैचारिक आक्रमण भइरहेको बेलामा नेपालमा सशस्त्र संर्घष्ाको शुरुवात भएको थियो । त्यसैले २१औं शताब्दीको जनवाद निराशा, सम्झौताबाट आएको दस्तावेज नभई क्रान्तिको दस्तावेज हो । त्यसैले दर्ुइमा धेरै फरक छ ।

: फरक फरक धरातलबाट कम्युनिष्ट कार्यदिशाको बहसमा सहभागी हुनुभएको छ, कस्तो लाग्छ – जीवन्त बहस भएको महसुस कहिले गर्नुभयो ?

  म कम्युनिष्ट आन्दोलनमा लागेको लगभग ३३ बर्षभएछ । मसँग यस आन्दोलनका फरक फरक धाराको कैयौं बहसमा सक्रिय सहभागी भएको फरक फरक खालको अनुभव छ । ०४५/४६ साल भन्दा अगाडिको कैयौं बहसमा मेरो सक्रियता विचारधारात्मक भन्दा भावनात्मक पक्ष बढी र प्रभावकारी भएको अनुभूति यतिबेला मलाई भएको छ । जबकी एमाले र माले कालमा भएका विचारधारात्मक बहसहरु क्रान्तिको पक्षमा भन्दा दक्षिणपन्थी अवसरवादको पक्षधरताबाट भएको बहस हुनाले अहिले आएर सम्झँदा ती अर्थहीन जस्तै लाग्छन् ।

इतिहासमा पहिलोपटक मलाई नेकपा माओवादीको भर्खरै सम्पन्न राष्ट्रिय भेलाका दर्ुइ लाइन संर्घष्ाको अर्थात् अन्तरजनवादको वैज्ञानिक प्रयोगबाट क्रान्तिको कार्यदिशा अझै समृद्ध भएको अनुभूति भएको छ । दुवै खाले दस्तावेजले क्रान्तिको चिन्ता जाहेर गरेको हुँदाहुँदै पनि एक अर्कालाई आशंका भएपछि देशव्यापी रुपमा महान बहसको थालनी भएको थियो । बहसपछि नेपाली र विश्व कम्युनिष्ट आन्दोलनको परम्परा विपरित नेपाली क्रान्तिकारीहरुमा कार्यदिशा र कार्यनीतिमा एकता र रुपान्तरण पैदा भएको छ । यो मेरो जीवनको नयाँ र उत्साहजनक अनुभव हो ।

: प्रसंग बदलौं, सहकारी आन्दोलनतिर लाग्नुभएको छ । के हो यो सहकारिता ?

  ठालु, व्यभिचारी शासक, हेपाहा र लुटाहाको विरुद्धमा साना, कमजोर, हेपिएका र पिछडिएका मानिसहरुको एकता र सहकार्य नै सहकारिता हो । सहकारी हाम्रो जस्तो गरिब तथा अविकसित मुलुकको आर्थिक र सामाजिक रुपान्तरणको लागि आफैंबाट, आफ्नै निम्ति र आफैंले गर्ने सामाजिक संर्घष्ा हो । पुँजीवादी शासकले हाम्रो निम्ति सेवा होइन, पीडा मात्र दिन्छ भन्ने मान्यतामा विपन्न जनताको आवश्यकताको उठान गर्ने माध्यम नै सहकारिता हो ।

: तपाईंको सञ्चार सहकारीको उद्देश्य के हो ?

  सबै खाले सहकारी संस्थाजस्तै सहिद स्मृति सञ्चार सहकारी संस्था सुचना र सञ्चारको क्षेत्रमा काम गर्ने उद्देश्यबाट सञ्चालित एउटा सहकारी हो । यसले तत्कालको लागि एउटा एफएम रेडियो सञ्चालन गर्ने उद्देश्य राखेको छ । सूचना र सञ्चारको क्षेत्रमा विस्तारै टेलिभिजन, पत्रपत्रिका, पुस्तक, सूचनामुलक कार्यक्रमहरु, केवल नेर्टवर्क, बचत तथा ऋण लगायतका क्षेत्रहरुमा विस्तारै काम गर्ने योजना यस संस्थाको रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.