सम्पादकीय

उद्योग वाणिज्य संघको सकारात्मक शुरुवात (मंसिर २३)

भर्खरै शहरीकरणको शिशुअवस्थामा रहेको धादिङबेसी नगरले विकाससँगै थुपै्र चुनौतीहरु पनि हर्ुकाइरहेको छ । व्यवस्थित शहरीकरणको अभ्यासमा देशकै राजधानी काठमाडौं त झण्डै अत्यन्तै केटाकेटी ठहरिएको अवस्था हो भने धादिङसँग पनि अवश्य केही कमजोरी रहनुलाई त्यति अस्वभाविक मान्न सकिंदैन । तर सचेततापर्ूवक कम गर्न सकिने कुराहरुमा हामीले कति पनि हेलचेक्राईं गर्नुहुँदैन ।

पछिल्लो समय धादिङबेसी बजार अत्यन्तै अव्यवस्थित रहँदै आयो । सडकभरी निर्माण सामग्री, सडक पेटीमा तरकारी र अन्य सामानहरु, मोटरको चर्को हर्नको ध्वनी प्रदुषण, अव्यवस्थित ढल निकास र फोहोर व्यवस्थापन, अव्यवस्थित सवारी पार्किङजस्ता समस्याहरुले हाम्रो चेतनास्तर र सभ्यतामाथि नै चुनौती दिंदै आएको छ । यसै सर्न्दर्भमा माथिका अव्यवस्थाहरुलाई व्यवस्थित गर्न उद्योग वाणिज्य संघ, धादिङले पहल लिने प्रयत्न गरेको छ । जसलाई सकारात्मक मान्दै सबैले यस कार्यलाई सहयोग गर्नु आवश्यक छ ।

हाम्रो व्यवहारले नै हाम्रो चेतनास्तर निर्धारण गर्दछ । जथाभावी फोहोर फाल्ने, पार्किङ गर्ने जस्ता हाम्रा व्यवहारहरुले हाम्रो चेतनास्तरलाई चुनौती दिइरहेको हुन्छ । कुरामा अत्यन्तै सफेद देखिने हामीहरु व्यवहारिक रुपमा आफ्नो सुकाको स्वार्थ हर्ेदा समाजलाई रुपियाँको क्षति पुर्‍याइरहेका हुन्छौं । जसको प्रतिफलमा नाफा खोज्ने चुत्के, साँवासमेत फुत्के भनेजस्तो भयंकर मूल्य हामी स्वयंले चुक्ता गर्नुपर्ने हुनसक्छ । हाम्रो नगरमा देखिने फोहोरमैला र अव्यवस्थाले हामीले हाम्रो हैसियत प्रदर्शित गरिरहेका पनि हुन्छौं । अतिथि लगायतले हामीलाई हाम्रो व्यवस्थापकीय क्षमता हेरेर पनि पहिचान गर्छन् ।

उद्योग वाणिज्य संघ, धादिङले विभिन्न सञ्चारकर्मी, व्यावसायी, व्यापारी, नागरिक समाजका अगुवा आदिसँग एउटै फोरममा चलाएको छलफल अवश्य पनि सराहनीय छ । यो क्षेत्रमा सकारात्मक पहलकदमी लिन गठन गरिएको धादिङबेसी बजार व्यवस्थापन समितिले गर्ने हरेक सकारात्मक प्रयत्नमा हामी सबैले साथ र सहयोग गर्न आवश्यक छ । तब मात्र हामीले हाम्रो नगर स्वस्थ्य, सफा, हराभरा र उदाहरणीय बनाउन सक्छौं ।

 

 

Responses

  1. this is nice work, keep it up

  2. Ramro lagyo..

  3. Good Job,,,,,,,, keep it up For Progress Chamber


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.