Posted by: muktimarga | January 27, 2010

गुणस्तरीय शिक्षा सरकारको दायित्व – न्यौपाने

-    अर्जुन खतिवडा

गजुरी/अखिल -क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानलेले गुणस्तरीय शिक्षा सरकारको दायित्व भएकोले गुणस्तरीय शिक्षाको नाममा गरिब जनतासाग चन्दा उठाउनु जायज नभएको दावी गरेका छन् । उनले उक्त कुरा संगठनको १९औं जिल्ला सम्मलेलनको गजुरीको आदर्श उच्चमाविमा उद्घाटन गर्दै बताएका हुन् ।

गत शुक्रबार र शनिबार २ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथि न्यौपानेले यतिबेला संविधान बन्नुको सट्टामा इतिहासको पुनरावृति हुन लागेको बताउनुभयो । सम्पूर्ण युवा विद्यार्थीहरुको संघर्ष र राजनीतिक आन्दोलनले राष्ट्रिय राजनीति एउटा टुङ्गोमा पुगेको बताउादै उहााले नेपाली जनताले लडेर राजतन्त्रको अन्त्य गरेर प्रधानमन्त्री, मन्त्री र थुप्रै सांसदहरुको कुर्चि पनि फिर्ता भए पनि नेपाली जनताको जीवनस्तरमा परिवर्तन नआएको स्पष्ट पारे ।

बिजुली र टेलिफोनको महसुल नतिर्ने त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि भन्दै फि मात्र उठाउने काम गरेर मनपरि गरेको आरोप लगाउनुभयो । उहााले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था दुब्लाउादै जाने र व्यक्तिहरु भने मोटाउादै जाने गरेको समेत स्पष्ट पारे । विश्वविद्यालयमा नपढाउने र नीजि क्याम्पसमा पढाउने शिक्षकहरुलाई कार्वाही गर्ने अभियानसमेत आफुहरुले चलाईसकेको बताउदै उहााले अहिले आफुहरुको अभियान पढाउन आग्रह गर्ने र नपढाउने शिक्षकमाथि उजुरी हाल्न तत्काल सुरु गरिने र त्यसपछि पनि नमाने विद्यार्थीहरुले आˆनो तरिकावाट कार्वाही सुरु गर्ने दावी गर्नुभयो ।

संविधानसभाका सभाषद कल्पना धमला, एमाओवादी धादिङका सेक्रेटरी राजु नेपाल, सह-सेक्रेटरी विजय बुर्लाकोटी, अखिल -क्रान्तिकारी) ताम्सालिङ राज्य समितिका संयोजक सुरेश गौतम, संगठनका केन्द्रीय सचिवालय सदस्य तारा भण्डारी, वाइसिएल नेपालका केन्द्रीय सदस्य मनराज भण्डारी, एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दिपक विक, आखिल -क्रान्तिकारी) धादिङ-काठमाण्डौं गणतान्त्रिक मञ्चका अध्यक्ष रामकुमार भण्डारी लगायतका दर्जनौंका आतिथ्य रहेको कार्यक्रममा विभिन्न व्यक्तिहरुले सम्मेलन सफलताको लागि शुभकामना प्रदान गर्नुभएको थियो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको मजदुर सहिद स्मृति कलाकारको समूहले विभिन्न जनवादी गीत र नृत्य प्रस्तुत कार्यक्रमको सञ्चालन हरिशरण नेपालले गर्नुभएको थियो भने अध्यक्षता प्रमोद पोखरेलले गर्नुभएको थियो । सम्मेलनपछि सम्पन्न बन्द सत्रबाट प्रमोद पोखरेल पुनः सर्वसम्मतिले जिल्ला अध्यक्षमा निर्वाचित हुनुभयो ।

सम्मेलनबाट संगठनको जिल्ला उपाध्यक्षमा पुजन थापा, सचिवमा नकुल थापा, सहसचिवमा राजन कुावर र कोषाध्यक्षमा हरिशरण नेपाल रहेको ३५ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.