नारायण सिलवाल
धादिङ चैत्र १९
आज नेपाली काागे्रस धादिङले स्व.गिरिजा प्रसाद कोइरालाको १३ औं पुण्यतिथिका दिन श्रद्धान्जली सभा आयोजना गरेको छ । ने.का. केन्दि्रय सदस्य आनन्द प्रसाद ढुङ्गाना ले सम्बोधन गर्नु भएको उक्त सभामा नेपाली कााग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी, एकिकृत माओवादीका रामबहादुर भण्डारी, एमालेका कृष्ण प्रसाद अर्याल लगायतले स्व
.कोइरालको फोटोमा माल्यापण गरेका थिए । अहिले स्व. कोइरालाको फोटोमा माल्यार्पण गर्न काागेस कार्यकता तथा जनसुमदायको ठुलो लाइन लागेको छ । माल्यार्पण सकिए पछि दिउासो २ बजे स्व.कोइरालको अस्तुः आासिखोला दोभानमा लगी सभाको समापन गरिने काागेस धादिङले जनाएको छ ।
त्यसैगरी सदरमुकाम धादिङेसी बिच बजारमा आतायात ठप्प हुने गरी स्व. कोइरालाको श्रद्धाञ्जली कार्यक्रम भए पछि प्रहरीले उक्त क्षेत्रमा कुनै पनि सवारी साधन जान दिएको छैन । यसको मारमा एमबुलेन्स पर्दा बिरामीहरुलाइ जिल्ला अस्पताल लैजान अप्ठ्यारो भएको छ ।














सुझाव तथा प्रतिक्रियाहरू