धादिङबेसी । जलवायु परिवर्तन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । रिम्स नेपाल स्थानीय अनुकुलन योजना कार्यक्रम बैरेनीको आयोजना तथा डिएफआइडि र सिएडिपी-एनको सहयोगमा सम्पन्न अन्तरक्रियामा मिस्कका जगदिश चन्द्र बराल, धादिङका स्थानीय विकास अधिकारी शंकर नेपाल, जिल्ला वन कार्यलय प्रमुख कृष्णप्रसाद अधिकारी, जिल्ला भु-संरक्षण कार्यलयका प्रमुख कृष्णप्रसाद घिमिरे, फोकस नेपाल धादिङका एकराज छत्कुली, पत्रकार महासंघ धादिङका सभापति सिताराम बर्मा लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तन, यसका असरहरु र न्युनिकरणका विषयमा उपस्थित व्यक्तिहरुले आ-आफ्नो धारणा राखेका थिए । सोही अवसरमा यसअघि सरकारले जिल्ला स्थित विभिन्न कार्यलयहरुलाई समेटेर गठन गरेको कृषि वन उद्योग तथा वातावरण समितिमा स्वास्थ्य शिक्षा र सञ्चार क्षेत्रलाई पनि समेट्ने निर्णय गरिएको छ । समितिले जलवायु परिवर्तन र यसका असरहरु न्युनिकरणमा काम गर्ने बताइएको छ ।
Posted by: muktimarga | November 7, 2010
जलवायु परिवर्तन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया
Posted in समाचारहरु














news update garda date aaune banaunu paryo
By: prativa.parajuli on November 8, 2010
at 11:35 am