Posted by: muktimarga | April 17, 2011
परल मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए नियमित आपूति सम्भव छैनः निगम
काठमाडौ, ४ बैशाख । नेपाल आयल निगमले परल- वितरण हुने स्थानसम्म ल्याई पुर्याउँदा पर्ने मुल्य) मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए नियमित आपूति गर्न नसक्ने चेतावनी दिएको छ ।
रिपोर्र्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै निगमका कार्यकारी अध्यक्ष दिगम्बर झाले परल मुल्यभन्दा कम मुल्यमा विक्री गर्नु पर्दा दिन प्रतिदिन घाटा चुलिदै गएको कारण माग अनुसारको आपर्ूर्ति गर्न नसकिएको बताउनुभयो ।
यद्यपि उहाँले अहिले बजारमा देखिएको अभाव कृत्तिम प्रकृतिको भएको भन्दै निगमले अहिले माग अनुसारकै आपर्ूर्ति गरिरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो- काठमाडौमा माग अनुसारकै आपर्ूर्ति भईरहेको छ । तर भारतबाट आपर्ूर्तिमा कटौति गरेको समाचारले पेट्रोल पम्पहरुले लुकाएको र उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी सन्चय गरेकोले बजारमा अभाव भएको हुनु पर्छ ।
निगमले राजधानीमा प्रतिदिन २ सय ४० किलो लिटर डिजल र पेट्रोल आवश्यक भएकोमा चैत २८ गते ४ सय ३६ किलो लिटर, चैत ३० गते ३ सय ४३ र बैशाख २ गते ३ सय ३७ किलो लिटर उपलब्ध गराएको दावी गरेको छ ।
साक्षात्कारमा कार्यकारी निर्देशक झाले अहिलेको मुल्यमा निगमलाई मासिक २ अर्ब रुपैया घाटा हुने अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा निगमले लामो समयसम्म पेट्रोलियम पदार्थको आपर्ूर्तिलाई सहज पार्न नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले परल मुल्य अनुसारको विक्री मुल्य कायम गर्नुको विकल्प नभएको र अहिलेको अवस्थामा निगम चल्नै नसक्ने ठोकुवा गर्नुभयो ।
झाले पेट्रोलियम पदार्थको आपूति सहज बनाउन कम्तिमा पनि निगमलाई पेट्रोलमा १० प्रतिशत, हवाईर् इन्धनमा २० प्रतिसत मुल्य बृद्धि गर्नु पर्ने र डिजलमा निगमलाई भईरहेको २४ रुपैया प्रतिलिटरको घाटालाई तीन भागमा विभाजन गरी एक भाग सरकारले कर छुट गर्ने , एक भाग उपभोक्ताले बेहोर्नु पर्ने र एक भाग निगमले पेट्रोल, हवाईर् इन्धनको मुनाफाबाट बेहोर्ने गरी मुल्य समायोजन गर्नु पर्ने प्रस्ताव गर्नुभयो ।
झाको प्रस्ताव अनुसार पेट्रोलको मुल्य समायोजन गरिए प्रतिलिटर पेट्रोलको मुल्य १ सय २५ रुपैया पर्न जान्छ ।
झाले हवाईर् इन्धनमा कलकत्ताभन्दा नेपालमा १९ रुपैया प्रतिलिटर सस्तो भएकोले कलकत्ता अनुसारकै मुल्य बनाउनु पर्ने बताउनुभयो
निगमलाई अहिले पेट्रोलमा ६ रुपैया ३० पैसा, डिजेलमा २३ रुपैया २६ पैसा, मट्टतिेलमा ११ रुपैया २५ पैसा र खाना पकाउँने एलपी ग्यासँमा प्रतिसिलिण्डर २ सय ८८ रुपैया घाटा रहेको साक्षात्कारमा जानकारी दिईएको थियो । हवाईर् इन्धनमा भने निगमलाई अहिले प्रतिलिटर १० रुपैया मुनाफा रहेको छ ।
पछिल्लो समयमा अन्तर्रर्ााट्रय बजारमा कच्चा पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिसत भन्दा बढी बढेको अवस्थामा निगमले एलपी ग्यासँमा ६, पेट्रोलमा १४ र मट्टतिेलमा साढे चार प्रतिसतले मात्र मुल्य बृद्धि गरेकोले पनि अन्तर्रर्ााट्रय मुल्य अनुसार समायोजन हुन नसक्दा निगम दिनप्रतिदिन टाट पल्टिने अवस्थामा पुग्न थालेको झाले दावी गर्नुभयो ।
सरकारले आज निगमलाई डेढ अर्व रुपैया अनुदान दिएकोले अघिल्लो महिनाको घाटा पर्ूर्ति भएको कारण भोलीदेखि एकसाता सम्म भारतबाट फेरि नियमित आपर्ूर्ति हुने जानकारी दिनुभयो । यद्यपि उहाँले एकसाता पछि फेरि अहिलेकै अवस्था दोहोरिने चेतावनी दिनुभयो ।
भारतीय आयाल निगमले उधारो दिन छाडेकोले निगमले जति रकम भूक्तानी गर्यो त्यसैको आधारमा पेट्रोलियम पदार्थ दिने गरेको जानकारी दिदै झाले नेपालमा घाटा हुँदा प्रत्येक पटकको भूक्तानी घट्दो क्रमसँगै आपर्ुर्तिमा कमि भएको बताउनुभयो । उहाँले भन्नुभयोर्-र् इण्डीय आयलले उधारो दिदैन । यहाँ दिनप्रतिदिन घाटा छ । यस्तो स्थितिमा थाम्न सकने अवस्था छैन ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि अनिवार्य आवश्यकता भईसकेको भन्दै उहाँले भन्नुभयो- मसँग अधिकार भएको भए आफै मुल्य बढाउने थिए तर के गर्नु म सँग अधिकार छैन ।
पछिल्लो समयमा निगमले चुहावट, मिसावटलाई पर्ूण्ा रुपमा अन्त्य गरेको दावी गर्दै बाहिर भनिएजस्तो ओभर र्टाईम भत्ता कटौति र भ्रमण खर्च कटौति गरेर निगमको ब्यवस्थापन चुहावटलाई सुधार गरेको दावी पनि गर्नुभयो ।
Like this:
Be the first to like this post.
सुझाव तथा प्रतिक्रियाहरू