Posted by: muktimarga | May 16, 2011
कुम्पुरमा डँडेलो निभाइयो
कुम्पुर गाउँ विकास समिति वडा नं. ४ स्थित लामकाने सामुदायीक वनमा आज साँझ ५ बजेदेखि लागेको डँडेलो स्थानीय युवाहरुले निभाएका छन् । समाज सेवा युवा क्लवमा आवद्ध करिव २० जना युवाको समूहले बनको डँडेलो नियन्त्रणमा लिएको हो । वनभन्दा माथी ठूलोबस्ती रहेकाले गाउँनै जोखिममा पर्ने अवस्था आएपछि डँडेलो निभाइएको समाजसेवा युवका क्लवका कोषाध्यक्ष ईश्वर पन्तले बताउनु भयो । डँडेलोको कारण वनमा भरखरै पालुवा पलाएका कतिपय रुख विरुवाहरु नष्ट भएका छन् । आगो वन नजिकै रहेको घरबाट सल्कीएको अनुमान गरिएपनि यकिन भने नभएको पन्तले जानकारी दिनुभएको छ ।अन्तरक्रिया कार्यक्रम सम्पन्नसामाजिक समावेसीकरणको लागि युवा क्षमता विकास कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम आज आदर्श बहुमुखी क्याम्पस गजुरीमा सम्पन्न भएको छ । ग्रामिण विकास तथा महिला जन–जागरण केन्द्र भिडेक नेपालको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा विद्यार्थी र स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियामा भिडेक नेपालका अध्यक्ष रामकृष्ण अधिकारीले सहभागिलाई विषयबस्तुको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा युवाहरुको क्षमता विकासको लागि समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा छलफल भएको थियो ।
Like this:
Be the first to like this post.
सुझाव तथा प्रतिक्रियाहरू