सपनाको कथा
डमनोज बोगटी
सिङगार पटार गरेर आउँछ सपना
सिकुवा माग्छ ।
ओछ्यान माग्छ सिरानी माग्छ
र सिरानी बिगारी राख्छ ।
आँखा माग्छ,रात दिन सबै माग्छ ।
मागेरै धनी हुन्छ सपना ।
सपना जस्तो बाुंच्न नसकेको पीडा
बिहानै उठ्छ, काममा जान्छ ।
काम गर्दै सपना सम्झिएर झस्किन्छ ।
यसरी झस्किएरै बितेका उसको पर्ुखाका
पुराना सपनाहरू सम्झिएर
आँखाबाट पानी चढाउँछ ।
सपनाको झुटो विश्वास
अहिले उसको नाङ्ग्लो जस्तो चेतनामा दानाभुषको परीक्षामा छ, सपना
कसरी उत्तर्ीण्ा हुन्छ कुन्नी चेतनाको हातमा ।
सपना पनि हरेक पर्वमा देश जान्छ
सपना पनि, सपना नै बोकेर आउँछ ।
ममाथि चढेर सपनाले, आफ्नो काम गर्छ
मेरो काम पटक्कै गर्दैन ।
जब ममा पनि त्यसको स्वार्थ पूरा हुँदैन
मलाई नै छोडेर जान्छ ।
सपनाको समाज, सपनाले पाएको संस्कृति
त्यसको समुदाय, मसित जब मिल्दैन
त्यो किन आउँछ आँखाभरि -
किन छाउँछ सिलिङभरि -
जब सपना जान्छ
त्यो बसेको ठाउँनै बगर बन्छ ।
सपनाको कुरा, समात्न नपाइ फुट्छ ।
सपना कुरा गर्न थाक्दैन ।
सपनाले आफ्नो कुरा मात्र सुनाउँछ ।
उसकै कुरा सुनेर
विज्ञानले समातेको छ भीरमा डोरी ।र्
अर्थनीतिले खेल्छ जुवा ।
सपनाको व्यापार गर्नेहरूको आँखाबाट कसरी देखिन्छ होला हगी
हाम्रो थ्याप्चे नाक र पुड्को चिनारी ।
सपनाले कुरा लुकाउँछ ।
सपनाले अह्राउँछ, नबोली दलिनु
थाहा पाउँदापाउँदै ठगिनु, हेपिनु, जोतिनु, मर्नु ।
सपनाको हातमा दिइएको शासनले देख्दैन
पिल्सिएको गोरुको काुंध देख्दैन
बीऊसित हिलो खेल्ने बाईंचुरी ।
घरभित्तामा पोतिएको धुवाँको कालो रङ ।
त्यो रङले लेखिएको पुरानो सफा र सेतो विपनाको कविता ।
सपना निर्दयी हुन्छ, सपनाले बुझदैन
कसैको परिस्थिति ।
विपनाको नरम छाला छाम्नु पनि
सपनाको सिफारिस् चाहिन्छ ।
सपनाको दास हुनु, जिउनु कि मर्नु ?
देशभक्ति
- दिवाकर रिमाल
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
हराभरा हुनुपर्ने उजाडिादै गयो किन ?
प्रकृतिको धनी पनि बेसहारा भयो किन ?
नभएको जुटाउनेले भाको पनि लुटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
गरिव देशका सिमित मान्छे धनाड्यमा चिनिसके
खरको झुप्रो भर्खर छोडि ठूला महल किनिसके
कालो धन्दा गर्नेहरुको उल्टै कवास फूटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
जनता र नेताबीच सधैं फटो आएपछि
छिनमै सबै विर्सिदिन्छन् पहिले कसम खाएपछि
नेता ठिकमा आउलान् बलल जनताले कुटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
देश धनी छ भन्ठान्छन् रे भत्ता खान पाएपछि
बोलेको सब बिर्सिदिन्छन् सत्ताा जान पाएपछि
के-के हुन्छ थाहा पाउाछौ हामलाई रिस उठेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
एउटा कुरा ख्याल गर है तिम्री आमा रोइन् धेर
यस्तै हुादै गयो भने हत्या हुन छैन बेर
अरुको नि हुन्न मायाा आफ्नो भाग्य फूटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
माफ गर्नोस् श्रीमान !
- राजेन्द्र शलभ
खोल फेरेर
पुरानै समय बााचिरहेको
यो समयलाई
म, कसरी मेरो समय भनौा ?
मिनि – स्कर्टबाट
साडी लाउादैमा
प्रेमिका श्रीमती बन्न सक्तिन ।
हामीले चाहेको त
एउटा घरजस्तो देश थियो
पिताजस्तो शासन थियो
छोराजस्तो अनुशासन
र, आमाजस्तो माया थियो ।
अब तपाईं
आफै भन्नोस, श्रीमान् Û
साधियार झैा झगडिरहेका छोराहरू
सौता भित्र्याउन
तम्सिरहेका पिताहरू
र पोइल जान लालायित
आमाहरूको जमघटलाई
म कसरी
आफ्नो देशको नाम दिऊा ?
तथापि एउटा कुरा भन्छु,
सधैा त , दुशासनहरू
सिंहासनमा नबस्लान्
सधैा त, उज्यालोलाई
अाध्यारोले नछोप्ला
आगोलाई
खरानीले छोपेर
कतिन्जेल
शीतलताको भ्रम ताप्न सकिन्छ र
तेन्जिङहरु सडकमा ओर्लेका छन्
- मणिराज सिंह
पौरखी मन उचालेर
स्वाभिमानी आस्था संगालेर
घोडचढीहरू युद्धमा होमिएको बेला
मुकुण्डो भिरेका जोकरहरू
बाटो चौबाटो ढुकेर
नौटङ्की गरिरहेको देखेर
कुण्ठा र निराशाका चट्टानहरू खोपेर
हिमालमा बाटो कोरिरहेका तेन्जिङ्गहरू
फगत नामका लागि सगरमाथा चढ्न छाडेर
सडक र चोकमा ओर्लेका छन् ।
गाईजात्रे उज्यालो च्यातेर
परिवर्तनका तमसुकमा सहीछाप गर्दै
अचकल्टो संविधानको हुक्का गुडगुडाउादै
उपबुज्रुक बन्न खोजेका बहादुरहरूलाई
घोक्रेठ्याक लगाउन
लेखिएका र नलेखिएका चोटहरू स्याहार्दै
अधुरा आकांक्षाहरू बााच्दा बााच्दै
अनुदानको भरमा अलमलिएर
मन तलाउसरि भरिलो बनाएका छन्
कठीन यात्राक्रममा
रातमा पनि हाासेजस्तै जून
आडम्बरी संस्कारहरू कुल्चेर
नयाा क्षितिज खोतल्न
तेन्जिङगहरू सडकमा ओर्लेका छन् ।
सारा ब्रम्हाण्डमा
- सानु कोविद
एउटा होइन, दुईटा होइन, सारा ब्रहृमाण्ड,
वशमा लिने मान्छेमा छ शक्ति अखण्ड
त्यही शक्ति जगाउनु छ, जीवन हासाउनु छ,
संसारमा अब नयाा रीत बसाउनु छ ।
युगौंदेखि बन्द रुढी पर्दाहरु पोलेर,
थुनिएका मनमष्तिष्क चेतनाले खोलेर
नयाा लक्ष्य, नयाा बाटो अब समाउनु छ
नयाा-नयाा ब्रहृमाण्डमा शक्ति जमाउनु छ ।
जन्मेपछि मर्नुपर्ने क्रुर नियम तोडेर,
प्रकृति र मनुष्यको अपार शक्ति जोडेर
अजर-अमर, आनन्द र खुसी समाउनु छ
नयाा-नयाा ब्रहृमाण्डमा शक्ति जमाउनु छ
गीतकार कुण्डलादेवी उमाविका उमावि शिक्षक हुनुहुन्र्छ
- हेमन्त परदेशी
आऊ एउ६ा संकल्प गरौं
सुनौलो बिहानीको स्वागतार्थ
बस्तीहरुमा गुन्जिएको भालेको डााकसागै
धर्तीलाई छााद हाल्न आइपुग्ने
उषाको पहिलो किरणसागै
उठ्ने जमर्को गरौं
अधुरो यात्रा पुरा गर्नको निम्ती
अनि जुट्ने संकल्प गरांै
राष्ट्रिय एकता र सामाजिक मुक्ति सहितको
संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणको निम्ती
नत्र हाम्रा यी ब्युझााईहरु
फेरी पनि कुम्भकर्णकै निंद्रामा परिणत हुनेछन्
कहिल्यै अन्तिम बन्न नसकेका हाम्रा यात्राहरु
गन्तव्यमा पुग्न नपाउादै बीचैमा अधुरो बन्नेछन्
किनभने, ऊ, ता र म को राजनीतिबाट बिखण्डित हाम्रा मानसिकताहरु
अझौ पनि हामी र हाम्रो भावनाहरुमा अनुवाद हुन सकिरहेका छैनन्
अस्तित्वविहीन हाम्रा मुर्दा जिन्दगीहरु
जन्तीको जमात अथवा मलामिको ताातीको सार्थकता भन्दा
अलिकति पनि माथि उठ्न सकिरहेका छैनन्
त्यसैले आऊ सहयात्रीहरु हो Û
अन्तरआत्माबाटै एउटा यस्तो संकल्प गरौ
पूणिर्माको जून नउदाएको रातमा पनि
यात्राको निरन्तरार्थ हातेमालो गरेर बामे सर्ने हिम्मत गरौं
चुक घोप्टिएका घनिभूत अाध्याराहरुलाई चुनौती दिन
सुषुप्त बनिरहेका हाम्रा चेतनाका दीपहरुलाई
एउटा ज्युादो र जाग्दो ज्वालामुखीमा पारिणत गरौं
हो, लक्ष्य चुम्न निश्चय नै भने जस्तो सजिलो हुनेछैन
तर असम्भव भन्ने कुरा पनि
लाछी र कायरहरुको मनमा बाहेक
संसारमा अन्त कही छैन
सलाम तिम्रो समर्पणलाई
- हरि नेपाली
बन्दुकका मोहरीहरुसंग
लुकामारी गर्दै
अनि बमका धमाकासंग
पौठेजोरी खेल्दै
सदियांैदेखिको विकृत व्यवस्थाको
कदमकदममा चिरफार गर्दै
मृत्युलाई पनि जित्न खोज्ने
मेरो पि्रय मित्र
सलाम तिम्रो साहसलाई ।
वर्ग दुश्मनका विरुद्ध
डाइनामाइट बनेर
दुश्मनका क्याम्पहरुलाई
क्षतविक्षत बनाउादै
क्रान्तिको निरन्तरतालाई
क्रमभंगतामा बदल्दै
शिरमा कपन बााधी
मृत्युको सिरानीमा निदाउादै
बलिवेदीमा चढ्न खोज्ने
मेरो प्यारो साथी
अभिवादन तिम्रो उत्साहलाई !
कहिले युद्ध भित्रको शान्ति खोज्यौ
कहिले शान्तिकै लागि युद्ध रोज्यौ
आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्ष छिचोल्दै
अरुको पीडामा अट्टहास गर्ने राक्षसहरुका
निकृष्ट र कलंकित दस्तावेजहरु च्यात्दै
सर्वहाराको मुक्तिको खातिर
समानताको विगुल फुक्ने
मेरो सहृदयी योद्धा
सलाम तिम्रो समर्पणलाई !
हिटलरी यातनालाई बेवास्ता गर्दै
सहयात्रीहरुको रगतको मूल्य खोज्न
सहिदहरुको चिहानमाथि
सूनौलो बिहान खोज्न
अपहेलित र अपमानित
जड संस्कृतिलाई बदल्न
मुक्ति या मृत्युको कसम खाई
जीवन मरणको युद्धमा निस्केको
मेरो आत्मीय सखा
सम्मान तिम्रो मुक्ति अभियानलाई
सलाम तिम्रो अविचलित यात्रालाई
वर्ग सलाम तिम्रो विजय यात्रालाई ।
नेतालाई जनताको चेतावनी
मेरो हातमा कापी र कलम उच्च शिरले शहिदलाई लालसलाम
कृति नचुकाउ शहिदलाई सम्झदा शिर नझुकाउ
सामन्तको सामु हामी झुक्न पर्ने छैन
भिग मागेर थापेर लगेको सरकार होइन
रणभुमी मैदानमा झलमल बग्यो रगत
वीर शहिदको रगतबाट निस्केको यो तागत
खोज्यो देशले अनुहार फर्ेनलाई सामन्तिले सक्दैन हर्ेनलाई
अहिले घेरामा यो घेरा तोडिन्छ कुनै बेलामा
आमाबाबु,श्रीमती श्रीमान, छोराछोरी त्यागे
मिलिसिया र जनसेना बम र बारुड निल्दै
सिङ्को देशनै हलचल गरे बन्दुक सङ्ग जुद्धै
कुशासनको हुरीको पहिरो महासागर भन्दा नी झन गहिरो
मख्ख नफुल शहिदले देखाएको बाटो नभुल
शिरमा राख समझदारी काँधमा जिम्मेवारी
दिप जगाउ हृदयमा राख इमान्दारी
रगतले लतपतिएको नेपालको माटो
हिड्नु पर्छ विर शहिदले देखाएको बाटो
सामन्तिको सङगतले पिर्छ ,युद्धकालका संकल्प नर्विस
इज्जत गुमाउला होस गर कर्ुर्सिले अन्धो बनाउला
४६ साालमा एमााले ले उठाएको नारा
नगर है माओवादी एमालेको पारा
एमाले भन्थ्यो भात खुवाइ दिन्छौ हामि सुनको थालमा
नपुग है माओवादी एमालेको तालमा
सलबलाए ज्ञानेका छाउरा दुबै खुट्टा भाच्नलाई लेउ दाउरा
सरकार ढाल्ने दाउ काङग्रेसले खोभ्दैछ गल्लगाउने ठांउ
एमालेको झुटको खेती हावी हदै गयो
त्यही भएर जनताहरु माओवादी भयो
प्रचण्ड सरकार अब देशको विकास निमार्ण्र्ाााल
नत्र हुन्छ माधव कुमार नेपालको चाल
राजा हटि भो राष्ट्रपति झनै देशमा बढ्दो छ दर्ुगती
दलकार् इन्द्रजाल कर्ुर्सिको ताना तान देशको भो बेहाल
वामपन्थिको हातेमालो धर्ुर्वीकरण छोडी
काँग्रस र फोरमसंग हातेमालो जोडी
कुमतीको बाढी चल्यो राष्ट्रपछि छान्दा
एमालेमा अर्को थिएन माधव कुमार भन्दा
किन हान्यौ विपरित तिर गोल पैला सुन थियौ पितलमा झर्र्यो मोल
बाघ थियौ बन्यौ स्याल नजाने दाग लाग्यो छ कि छैन ख्याल
एमालेमा राष्ट्रवादी मदन भण्डारी थिए
तिनाई लगेर त्रिशुलीमा जिउदै ओइर्राई दिए
नौं महिनामा राहत दिने मनमोहन बुढा
राप्रपा र काँग्रेसले फु गरेर उडा
माओवादीको यहि होला पारा खतरावाट बाँच्नलाई होस् गर
काँग्रस सोखिन छ अस्थिर छ राजनीति बेला जोखिम छ
नखाएको भएदेखी एमालेले……………….
दर्ुइ तिहाईमाथि जान्थ्यो कम्युनिष्ट पार्टर्ीी
धेरै राम्रो काम गर्या थियो नौ महिने कालमा
अहिले आएर …….. गर्यो भात खाको थालमा
गृहमन्त्रि वामदेवे एमाले कस्तो राहत पाउछन् त जनताले
राष्ट्रपति कुन, काँग्रस र फोरमलाई ल्याउने एमाले हुन्
दाउ हेरेर भाउ खोज्दैछन् सानासाना वामले
एक भएर जाउ भनेर भनेका हौं हामलेर्
धर्म छाडा इज्जत टाढा किन खोज्छौं बण्ड
गोलबद्ध गराऔं हसिया र हथ्यौडाको झण्डा
अहिलेको काम संविधान लेख्ने हो काला कानुन उखेली फ्याक्ने हो
नेता चार सय विस, सत्तरी जनता कम्युनिष्ट
वाम एकताको कुरै छाढ्दौं गर्या भए तालमेल
एमालेको पुरपुरोमा घाम झुल्कियो झलमल
अब पनि बुद्धि पुगे पाईला चाल्ने ठाँउ छ
वाम एकता भयो भने जनताले राहत पाउछ
घेरा हालि लगाउंदै बार झमटनलाई ढुट्याउछन् देश मारा
बनेका छन् साँड पाए माओवादीको चपाउछन् हाड
आए बाउको गए साउको दर्ुइ नम्बरी कमाई
टाउकोवाट थिचर्नलाई दर्ुइ हातले समाई
अब सत्ता हुनर्ुपर्छ आमुल परिवर्तन
सामन्तिको ओठ मुख सुके यि डाहले मर्छन
यिनको खेति सोझोलाई बङ्ग्याउने ठाउं खाज्दैछन् माओलाई नङ्ग्याउने
नरिसाउनु कोहि यथार्थवादी हुँ मैले देख्या यही
कति आए कति गए सबैको बानी त्यही हो
माओवादीले केही गर्छ की हर्ेर्ेन खोज्या यही हो
हामीले छामिसकेका छौं कसका कति नसा
शेरबहादुरको नाउ लिदा पनि देहलाई लाग्छ दशा
दर्ुइ नम्बरी लाग्दैछ ओरालो देश चलाउन कम्युनिष्टले हात हाल्यो
हेर्यौं सबैलाई हर्ेनलार्ईर् बाँकी छ माओवादीलाइ
दर्ुइ करोड मोल तोकेको प्रचण्डको टाउको
अहिले रहृयो त्यही टाउको अमुल्यको भाउको
अर्को टाउको बाबुरामको मुल्य छैन सिमा
शेरबहादुरको कुख्यात कृति बिर्सिन्छ र किन – र्
गर्नसक्छन् भण्डारी पारा प्रचण्ड र बाबुराम होस् गर र्
इवी दाग्या छन् पर्दाका पछाडी जाससु लाग्याछन्
उमै्देखि खुम्रेसम्म खोजिरहेका छन् चुकुली
काँडामा टेकि पार गनुछ सातै सातै सिधि उक्ली
हिलोमाथि पर्छार्नलाई खुट्टा तान्ने घेरै छन्
माअमोवादीको तागत कति अब सबैलेे हर्ेछन् ।
कुसुम, म जित्छु
- समिकरण
प्रिय कुसुम,
गणतन्त्र घोषणा भएर के भो र ?
सेते सार्कीको खानाको समस्या टरेको छैन
फुलमाया भाउजुका छानाको समस्या टरेको छैन
भुन्टे र सुन्तलीका नानाको समस्या टरेको छैन
आखिर यो पनि
पँुजीवादी/बर्ुर्जुवा गणतन्त्र हो
सम्भव रहेनछ, बर्ुर्जुवा गणतन्त्रमा-
‘सेते, फुलमाया र सुन्तलीहरुका मुक्ति’ ।
कुसुम,
तिमी जस्ता धेरै कुसुमहरु
आज पनि फुल्न पाएका छैनन्
पल-पलको डर्साई थामिएको छैन
पाइला-पाइलाको बलात्कार रोकिएको छैन
कहाँ रोकिएको छ र – कंशको आतंक
कहाँ सकिएको छ र – शकुनीको महाजाल
म त्रि्रो मुक्तिको निम्ति लडेको छु
तिमी जस्ता धेरै कुसुमहरुको
मुक्तिको निम्ति लडेको छु
कंश र शकुनीको बध नगरुञ्जेल
म अविचल लडिरहन्छु
म अविराम लडिरहन्छु
कुसुम,
म मुक्ति युद्धमा हिंडेको मान्छे
बीच बाटोबाटै र्फकन सक्दिन
म न पराजय स्वीकार्न सक्छु
न त आत्मर्समर्पण गर्न सक्छु
म जित्छु, अवश्य जित्छु
पूर्र्णोको रातको उज्यालो आकाश बोकेर
बिहानीको प्रभातको रक्तिम किरण बोकेर
म सेते, फूलमाया र सुन्तलीको
मुक्ति बोकेर आउनेछु
तिमी र तिमी जस्ता कुसुमहरुको
सपना बोकेर आउनेछु
म मेरो आस्थाको
साम्यवाद बोकेर आउनेछु
म आउँछु, कुसुम
जितेरै आउनेछु
जनवादी गणतन्त्र
लिएरै आउने छु ।
गजल
कोपिला शर्मा
लोकतन्त्र’ लेखिएको एउटा भव्य तुल देखें
जुठो हड्डी चुस्नेहरुको तमकझमक हुल देखें
बाहिर बोक्रो भित्र खोक्रो उन्मादमा थे मिथपात्र
देश घाइते जन घाइते सबै आकुलव्याकुल देखें
डलरका दासहरु डकार्दैथे रम हृविस्कि
आँसु पिउँदै जनताचाहिं अति काकाकुल देखें
विदेशीको रछयान ढुक्दै र्याल काट्नेको कत्रो ताँती !
महाराज र चेलाहरुको बीचमा गोरो पुल देखें
हेर ! मुक्ति संकल्पका विशाल जनमुट्ठीहरु
निसास्सिंदो ठिहिरोमा रातो गुराँस फुल देखें ।
२०६३ भदौ २८
यान्जाकोट, कास्की














nothing
By: Abhi on November 25, 2010
at 4:33 pm
गजल
कती शार्हो गार्हो छ जीवन जिएर हेर ।।
खान्छौ कती अमृत विश पिएर हेर ।।
सधैं छल्ने सधैं धाट्ने सदावहार जिन्दकी तो ।
के लिनु छ तिम्लाई स्वथँ लिएर हेर ।।
आधी हुरी यात वर्षा जिन्दकिका गोरेटो यि ।
बाँकी छैनन केही धोका दिएर हेर ।।
मलाई किन हेर्नु पर्यो सारा दुनियाँलाई हेरे पुग्छ ।
कर्ती दुब्बलाएछु(हेर)फलाम जस्तै खिएर हेर ।।
कर्ती दुख्छ आफ्नै मुटु चिरा पर्छ आफ्नै छाती ।
टाला टुली लगाई(आफ्नै)छाती सिएर हेर ।।
By: subas thapaliya on April 17, 2011
at 7:22 pm